काठमाडौं। अल नासरले अल ओखदूदविरुद्ध प्रभावशाली प्रदर्शन गर्दै जित हात पारेको छ।
खेलको १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै अल नासरलाई सुरुआती अग्रता दिलाएका थिए।
४७औं मिनेटमा जोआओ फेलिक्सले गोल थप्दै अल नासरको अग्रता दोब्बर बनाए। त्यसपछि खेलभर दुवै टोलीले केही अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन।
यस जितसँगै अल नासरले साउदी प्रो लिगमा २८ खेलबाट ७३ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको अल हिलालभन्दा अल नासर ५ अंकले अघि छ।


