तेजस्वी कप बास्केटबलमा ४८ टिम

काठमाडौं। तेजस्वी एकेडेमीको आयोजनामा दोश्रो तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ।

प्रतियोगतामा विभिन्न ३६ विद्यालयका ४८ टिमको सहभागिता रहने तेजस्वीका प्रिन्सिपल थिरबहादुर बस्नेतले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । ब्वाइजमा ३१ तथा गल्र्समा १७ टिम सहभाग हुने छन्।

ब्वाइजलाई ८ तथा गल्र्सलाई ४ समूह विभाजन गरी लिग कम नकआउट अधारमा खेलाइने तेजस्वीका बास्केटबल प्रशिक्षक दिपेश कार्कीले जनाएका छन्।

ब्वाइजको प्रत्येक समूहको विजेता र उपविजेता प्रिक्वाटरफाइनलमा प्रवेश गर्ने छन्। गल्र्सको समूह विजेता र उपविजेता क्वाटरफाइनलमा पुग्ने छन्।
ब्वाइजमा एन्जल्स हार्ट तथा गल्र्समा केभीकेएसएस डिफेन्डिङ च्याम्पियन हुन्। खेलहरु तार्केश्वर नगरपालिकाको थापा गाउँस्थित आयोजकको आफ्नै कोर्टमा खेलाइने छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको