नेपालको पोस्टमा उज्वेकिस्तानको आधा दर्जन गोल


काठमाडौं । नेपालले एएफसी यु–२० एसियन कप छनोटको आफ्नो तेस्रो खेलमा उज्वेकिस्तानसँग ६–० को लज्जास्पद हार ब्यहोरेको छ।

बुधबार न्यु ताइपेस्थित फु जेन क्याथोलिक युनिभर्सिटी रंगशालमा सम्पन्न खेलको १९औं मिनेटमा रक्षक सविन घिमिरे रातो कार्ड खाँदै मैदान बाहिरिएपछि नेपाल १० खेलाडीमासमेटिएको थियो। जसको फाइदा उज्वेकिस्तानले उठायो।

उज्वेकिस्तानले पहिलो र दोस्रो हाफमा समान ३ गोल गरेको थियो। नेपालले अब बुधबार समूहको अन्तिम खेलमा बहराइनसँग खेल्नेछ।

हारसँगै समूह ‘बी’ को नेपालको एसियन कप पुग्ने सम्भावना न्यून बनेको छ। नेपालले तीन खेलबाट तीन अंक जोडेको छ। पहिलो खेलमा कम्बोडियासँग ४–१ ले पराजित नेपालले दोस्रो खेलमा घरेलु टोली चाइनिज ताइपेइविरुद्ध ३–१ को जित हासिल गरेको थियो।

लगातार दोस्रो खेल जितेको उज्वेकिस्तानले एसियन कप पुग्ने सम्भावनालाई बलियो बनाएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको