काठमाडौं। निकोलो गोन्जालेज र ट्युन कुपमाइनर्सले गोल गरेपछि युभेन्टसले इटालियन सिरी ‘ए’ मा पार्मालाई २–० गोलले पराजित गरेको छ।
युभेन्टसका लागि गोन्जालेजले ६२औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि कुपमाइनर्सले ८८औँ मिनेटमा गोल थप्दै युभेन्टसको जित सुनिश्चित गरे। दुवै खेलाडी दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए।
यो जितसँगै युभेन्टसले सिरी ‘ए’ को सुरुआती दुवै खेल जित्दै ६ अंक जोडेको छ। युभेन्टस अंक तालिकाको शीर्ष स्थानमा रहेको एसी मिलानसँग समान ६ अंकमा छ।