आर्सनलको लगातार दोस्रो जित

काठमाडौं। इंग्लिस प्रिमियर लिगमा आर्सनलले एस्टन भिल्लालाई १–० ले पराजित गर्दै सिजनको लगातार दोस्रो जित दर्ता गरेको छ। भिल्ला पार्कमा भएको खेलमा आर्सनलका लागि बुकायो साकाले ५९औँ मिनेटमा निर्णायक गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा साकाले गोल गर्दै आर्सनललाई महत्वपूर्ण तीन अंक दिलाए। यो जितसँगै आर्सनलले दुई खेलबाट ६ अंक जोडेको छ भने एस्टन भिल्ला दुवै खेलमा पराजित हुँदै अंकविहीन छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको