तेस्रो पात्ले फुटसल प्रतियोगिताको मिति परिवर्तन

काठमाडौं। जोशिलो युवा सञ्जालको आयोजनामा हुने तेस्रो संस्करणको पात्ले फुटसल प्रतियोगिताको मिति परिवर्तन भएको छ।

आयोजकले यसअघि भदौ २७ र २८ गते सञ्चालन गर्ने तय गरेको प्रतियोगिता अब असोज २४ र २५ गते हुने भएको छ।

गत भदौ १० गते रसुवामा आएको विनाशकारी भोटेकोशी बाढी तथा देशको विषम परिस्थितिका कारण प्रतियोगिताको मिति परिवर्तन गरिएको आयोजकले जनाएको छ।

दुई दिन सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। उपविजेताले ५० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ।
प्रतियोगिताका सबै खेल बलेफी फुटसलमा सञ्चालन हुनेछन्।

प्रतियोगितामा सहभागी हुन टोली दर्ता शुल्क ७ हजार ५ सय रुपैयाँ तोकिएको छ। प्रतियोगिताको सह–आयोजकमा बलेफी गाउँपालिका–८ रहेको छ भने प्राविधिक सहयोग सिन्धुपाल्चोक जिल्ला फुटबल संघ, युवा सहकार्य सुनकोशी युवा संस्था र सुनकाेशी गाउँपालिका रहेकाे छ।

प्रतियोगिता सम्पन्न गर्न शिशिर कार्कीको विशेष सहयोग रहने आयोजकले जनाएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको