काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलमा पोखरा अघिल्ला दुई संस्करणमा बेहोरेको हारको बदला लिने लक्ष्यमा हुनेछ।
कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले एनपिएलका अघिल्ला दुई संस्करणमा सुदूरपश्चिमलाई हराउन सकेको थिएन ।
पहिलो संस्करणमा सुदूरपश्चिमले पोखरालाई ५ रनले र दोस्रो संस्करणमा १८ रनले पराजित गरेको थियो ।
पोखरा पहिलो पटक प्लेअफमा पुग्ने लक्ष्यमा रहेको छ । त्यसका लागि जितका साथ पोखरा यस संस्करणको सुरुआत गर्न चाहन्छ ।
पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्ससँग पराजित दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम पुनरागमनको लक्ष्यमा रहेको छ ।
उद्घाटन खेलमा साविक विजेता लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले हराएको थियो ।