काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिगको आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध टस जितेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका छन् ।
लुम्बिनी पहिलो खेलमा खेलेका दुई खेलाडी परिर्वतन गरेको छ । उसले दिलिप नाथको स्थानमा अभिषेस गौतम तथा रुबेन ट्रम्पलम्यानलाई स्थान दिएको छ ।
लुम्बिनी लायन्स प्लेइङ-११
रोहित पौडेल, निरोसन डिकवेला, सन्दीप जोरा, आसिफ शेख, डार्सि सट, शमिम हसन, किशोर महतो, अभिषेस गौतम, शेर मल्ल, रुवेन ट्रम्पलम्यान र तिलकराज भण्डारी
पोखराले भने टोलीमा दुई परिवर्तन गरेको छ । पोखराले दिनेश खरेल, प्रतिक पोखरेल तथा मोहम्मद सैफुदिनलाई बेन्चमा राख्दै अर्जुन कुमाल, आकाश चन्द र सदिरा समराविक्रमालाई मौका दिएको छ ।
पोखरा एभेन्जर्सको प्लेईङ-११
कुशल भुर्तेल, अर्जुन कुमाल, किरण ठगुन्ना, अर्जुन घर्ती, आकाश चन्द, विपिन कुमार आचार्य, विपिन खत्री, शाकिब अल हसन, मेहेदी हसन, सदिरा समराविक्रमा, चमिका करुणारत्ने