विश्वकप छनोट प्लेअफ नेपालमा, पहिलो खेल इटालीसँग

काठमाडौं। आईसीसी पुरुष क्रिकेट विश्वकप २०२७ को छनोट प्लेअफ नेपालमा आयोजना हुने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता सञ्चालन हुने पुष्टि गरेको छ।

प्रतियोगितामा नेपालसहित ८ टोलीले प्रतिस्पर्धा गर्नेछन्। नेपालले उद्घाटन खेलमा डिसेम्बर ४ मा त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा इटालीसँग खेल्नेछ। सोही दिन माथिल्लो मूलपानी मैदानमा नामिबिया र युगान्डाबीच पनि प्रतिस्पर्धा हुनेछ।

नेपालसँगै इटाली, नामिबिया, युगान्डा, क्यानडा, कुवेत, जर्सी र यूएईले प्रतियोगितामा सहभागिता जनाउनेछन्।

प्रतियोगिताको शीर्ष चार टोलीले सन् २०२७ को विश्वकपको अन्तिम छनोट चरण अर्थात् ग्लोबल छनोटमा स्थान बनाउनेछन्। ग्लोबल छनोटमा यसअघि नै वेस्ट इन्डिज, आयरल्यान्ड, अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमानले स्थान पक्का गरिसकेका छन्।

सन् २०२७ को विश्वकप दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा अक्टोबर २ देखि नोभेम्बर २१ सम्म आयोजना हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको