काठमाडौं । युइएफए युरोपा लिग फुटबलमा पोर्चुगिज क्लब पोर्टो र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले ३–३ गोलको बराबरी खेलेका छन्।
खेलको शुरुवातमै तीव्र गतिमा अग्रता लिएको युनाइटेडका लागि मार्कस रशफोर्डले सातौं मिनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए।
त्यसपछि रास्मस होजलुन्डले २०औं मिनेटमा दोस्रो गोल थप्दै युनाइटेडलाई २–० ले अगाडि बढाए।
२७औं मिनेटमा पेपेले नजिकैबाट हेडर गोल गर्दै गरे। त्यसको सात मिनेटपछि सामुले गोल गर्दै खेललाई बराबरीमा ल्याए।
दोस्रो हाफको सुरुवातमै सामुले आफ्नो दोस्रो गोल थप्दै पोर्टोलाई अग्रता दिलाए। तर, युनाइटेडले अन्तिम समयमा पुनरागमन गर्दै खेल बराबरीमा पु¥यायो। ८१औं मिनेटमा दोहोरो पहेँलो कार्ड रातो पाउँदै ब्रुनो फनान्डेज बाहिरिए पनि १० खेलाडीमा समेटिएको युनाइटेडले अन्ततः बराबरी गर्न सफल भयो।


