काठमाडाैं। आयोजक ठुङरम इन्टरनेसनल एकेडेमी (टीआईए) ‘ए’ र मार्वलसले १८औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार विजयी सुरुआत गरेका छन्।
हात्तीगौडास्थित घरेलु कोर्टमा टीआईए ‘ए’ ले हिमालयलाई ३१–६ ले पराजित ग¥यो। टीआईएका आविस्कार रोक्काले १३ अंक जोडे। मार्वलसले बीएमसीएलाई ३०–१७ ले हरायो। मार्वलसका सिनेप शाहीले १६ स्कोर गरे।
सिनियर ब्वाइजमै त्रिज्योतिले युनाइटेडलाई ५९–१३, भ्याली पब्लिकले विल्सन एकेडेमीलाई ५९–४६, निम्सले गण्डकीलाई ४६–३३ र मातृभूमिले ग्रिनल्यान्डलाई ४६–१५ हराए। त्रिज्योतिका लाक्पा शेर्पाले ११, भ्याली पब्लिक अशोक विकले १७, निम्सका नवीन श्रेष्ठले १६ र मातृभूमिका सक्षम महर्जनले २३ अंक बटुले।
सिनियर गल्र्समा भ्याली पब्लिकले त्रिज्योतिलाई ३२–१४, विल्सनले टीआईएलाई २१–११, मातृभूमिले निम्सलाई १७–६ र रिब्सले चेल्सी वल्र्ड स्कुललाई ३२–६ ले पाखा लगाए। भ्याली पब्लिककी दृष्य गुरुङले १२, विल्सनकी रश्मी जिसीले १३, मातृभुमिकी सइजा श्रेष्ठले १० र रिब्सकी सुप्रिया मल्लले १३ स्कोर गरे।
प्रतियोगिताको युनाइटेड टुङ्ररम बुद्धिस्ट फाउन्डेसनका महासचिव सोनाम ग्यूर्मेद र टीआईएका व्यवस्थापन सदस्य तथा प्रिन्सिपल नीरा प्रधानले एक कार्यक्रमबीच रेफ्रीलाई बल हस्तान्तरण गरी उद्घाटन गरे।
