इबीए र लालीगुराँस विजयी

काठमाडाैं। इडेन ब्रिज एकेडेमी (इबीए) र लालीगुराँस नेसनल एकेडेमीले २०औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार जित हात पारेका छन्।

इबीएले फेरिल्यान्डलाई २०–१५ तथा लालीगुराँसले हिमालयलाई २१–१६ ले पराजित गरे। इबीएका दिग्विजयले १५ तथा लालीगुराँसका संगिताले ८ अंक जोडे। त्यस्तै, ह्वाइटफिल्डले हेराल्डलाई २१–१७, सेबले फ्युजन एकेडेमीलाई १४–१० र न्युटनले डाफोडिललाई ३०–२५ ले हराए। ह्वाइटफिल्डका अर्मानले ९, सेबका ओसियन बुढाले ६ र न्युटनका आर्यनले १० स्कोर गरे।

सिनियर ब्वाइजमा डाफोडिलले भ्याली पब्लिक ‘ए’ लाई ५४–५०, टीआईएले सेबलाई ४१–३८, एन्जल्स हार्टले इबीएलाई २५–२३, सेबले किङडमलाई ३६–३०, न्युटनले भद्रकालीलाई ३७–३०, विभूतिले भ्याली पब्लिक ‘बी’ लाई ५०–४८ र रिलायन्सले डिआर मेमोरियललाई ११–७ ले पाखा लगाए।

सिनियर गल्र्समा बाल वाटिकाले डिआर मेमोरियललाई १४–१०, इबीएले मानसिंहलाई २९–२५ र सेबले एन्जल्स प्याराडाइसलाई १७–१४ ले पन्छाए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको