साउदी अरेबियामाथि जापनको जित


काठमाडौं । फिफा विश्वकप एसिया छनोटमा जापानले आफ्नो विजयी यात्रालाई कायम राखेको छ।

जापानले बिहीबार साउदी अरेबियालाई २–० ले पराजित गरेको हो।

किंग अब्दुल्लाह स्पोर्टस सिटी रंगशालामा जापानको जितमा डाइची कामाडा र कोकी ओग्वाले गोल गरे।

जितसँगै तीन खेलमा ९ अंक जोडेको जापान समूह ‘सी’ को शीर्ष स्थानमा छ। पहिलो हार ब्यहोरेको साउदी अरेबिया समान खेलबाट चार अंकका साथ तेस्रो स्थानमा छ।

खेलको १४औं मिनेटमा कामाडाको गोलमार्फत जापानले अग्रता लिएको थियो। ८१औं मिनेटमा ओग्वाले गोल गर्दै जापानलाई सहज जित दिलाए।

छनोटअन्तर्गतकै अन्य खेलमा अस्ट्रेलियाले चीन तथा कतारले किर्गिस्तानलाई समान ३–१, दक्षिण कोरियाले जोर्डनलाई २–०, ओमानले कुवेतलाई ४–० र इराकले प्यालेस्टाइनलाई १० ले पराजित गरे ।

यसैगरी बहराइन र इन्डोनेसिया २–२, युएई र उत्तर कोरिया १–१ तथा उज्वेकिस्तान र इरान गोलरहित बराबरीमा रोकिए ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको