काठमाडौं । स्पेनले युइएफए नेसन्स लिगमा सहज जित हासिल गरेको छ।
घरेलु मैदानमा मंगलबार राति भएको खेलमा स्पेनले सर्वियालाई ३–० गोलले पराजित गरेको हो।
स्पेनको जितमा अमेरिक लापोर्ट, अल्भारो मोरटा र एलेक्स बाइनाले गोल गरे।
यस खेलमा स्पेनले आफ्नो युवा अट्याकर लामिन यमललाई विश्राम दिइएको थियो।
पहिलो हाफमा एक गोल गरेको स्पेनले दोस्रो हाफमा दुई गोल गर्न सफल भयो।
जितसँगै चार खेलबाट १० अंक जोडेको स्पेन समूह ए४ को शीर्ष स्थानमा छ। समान खेलबाट ७ अंकको डेनमार्क दोस्रो र चार अंकको सर्विया तेस्रो स्थानमा छ। स्विटजरल्यान्ड एक अंकसहित पुछारमा छ।


