भुटानलाई ७–१ ले हराउँदै बंगलादेश फाइनलमा


काठमाडौं । भुटानमाथि सहज जित हासिल गर्दै बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानमाथि ७–१ गोलको सहज जित हासिल गरेको हो।

बंगलादेशका लागि स्ट्राइकर तोहुरा खातुनको ह्याट्रिक पूरा गरिन् भने कप्तान सवीता खातुन, रितु पोर्ना चक्मा र सेउली अजिमले गरे। सवीनाले दुई तथा रिनु र सेउलीले एक गोल गरे। भुटानका लागि एक मात्र गोल देकी ल्हाजोमले गरिन्।

पहिलो हाफमै ५–१ गोलको अग्रता बनाएको बंगलादेशले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो।

यो सँग बंगलादेश लगातार दोस्रो पटक फाइनलमा प्रवेश गरेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको