काठमाडौँ । अर्जेन्टिना दक्षिण अमेरिकी विश्वकप छनोट अन्तर्गत पेरुलाई पराजित गर्दै विश्वकपका लागि छनोट भएको छ।
बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले पेरुलाई १–० ले पराजित गरेको हो।
अर्जेन्टिनाको जितमा लाउतारो मार्टिनेजले खेलको ५५औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। मार्टिनेजले सो गोल लियोनल मेस्सीको असिस्टमा गरेका थिए।
जितसँगै विश्वकप छनोटमा अर्जेन्टिनाको १२ खेलमा २५ अंकसहित शीर्ष स्थानमा रहेर विश्वकपमा छनोट भयो। पराजित पेरुको भने १२ खेलमा केवल ७ अंकसहित अंकतालिकाको पुछारमा छ।


