लुम्बिनीका कप्तना रोहितले लिए एकै ओभरमा दुई विकेट


काठमाडौँ । लुम्बिनी लायन्सका कप्तना रोहितकुमार पाैडेलले लिए एकै ओभरमा दुई विकेट लिएपछि जनकपुर बाेल्टसले १७ ओभरको समाप्तिमा सात विकेट गुमाएर ११३ रन बनाएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुर बोल्टसले १७ ओभर सकिँदा सात विकेट गुमाएर ११३ रन बनाएको हो।

जनकपुरका लागि ओपनर द्धय अनिल शाह ४५ तथा आशिफ शेख १६ रनमा आउट हुँदा लाहिरु मिलन्था २४ रन बनाएर आउट भए।

यता लुम्बिनीका लागि अभिषेक गौतमले तीन तथा कप्तना रोहितकुमार पौडेलले दुई विकेट लिए। रोहितले १६औँ ओभरमा लागातार दुई विकेट लिएका हुन्। यस्तै सन्दीप जोरा र साद बीनले समान एक एक विकेट लिए।

यसअघिका सबै खेलमा पराजय ब्यहोरेको लुम्बिनी प्रहिलो जित निकाल्न चाहन्छ भने अपराजित जनकपुर आफ्नो विजयी यात्रा कायम राख्न लक्ष्यमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको