फेका कप : विद्या विकासको जित

काठमाडौँ । विद्या विकासले १७ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा शनिबार जित हात पारेको छ।

फेकाको आयोजनामा भइरहेको प्रतियोगितामा विद्या विकासले न्यु स्टार पोललाई टाइब्रेकरमा ५–४ गोलले पराजित ग¥यो। निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो।

मूलपानी मैदानमा भइरहेको प्रतियोगिताको अन्य खेलमा एकलब्य, गोठाटार र कस्मिक इन्टरनेसनल एकेडेमी विजयी भए।

एकलब्यले कोटदेवीलाई ६–०, गोठाटारले उज्ज्वल तारालाई ७–० र कस्मिकले एप्पल इन्टरनेसनल एकेडेमीलाई सडन डेथमा हराए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको