लेभरकुसेनको विजयी सुरुआत


काठमाडौं । जर्मन बुन्डेस लिगामा साविक विजेता बायर लेभरकुसेनले विजयी सुरुआत गरेको छ।

शुक्रबारबाट सुरु भएको नयाँ सिजनको पहिलो खेलमा लिभरकुसेनले बोरुसिया मुन्चेलवागलाई ३–२ गोल अन्तरले पराजित गरेको हो।

जितसँगै बायरले पहिलो खेलमै ३ अंक लिन सफल भयो।

बोरिुसयाको मैदानमा पाहुना टोली बायरले खेलको १२औं मिनेटमा अग्रता लिएको थियो। बायरका ग्रनाइट जाकाले गोल गर्दै अग्रता दिलाएका थिए। ३८औं मिनेटमा फ्लोरेन्ट विट्जले गोल गरेपछि बायरले पहिलो हाफमा २–० को अग्रता लिएको थियो।

५९औं मिनेटमा निको एलभेडीले गोल गर्दै बोरिुसयालाई २–१ अवस्थामा ल्याएका थिए। ८५औं मिनेटमा टिम केलनडेनेस्टले गोल गरेपछि खेल २–२ को बराबरीमा आयो।

फ्लोरिन विट्जले व्यक्तिगत दोस्रो गोल गर्दा बायर लेभरकुसेन ३–२ को जित निकाल्न सफल भयो। फ्लोरेन्टले प्रहार गरेको पेनाल्टी रिबाउन्ड भएर आउँदा गोलमा परिणत गरेका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको