काठमाडौं । म्यानचेस्टर युनाइटेडल इङ्लिस प्रिमियर लिगमा कठिन जित दर्ता गरेको छ।
आइतबार घरेलु टोली फुलहममाथि युनाइटेडले १–० को जित दर्ता गरेको हो।
युनाइटेडको जितमा कार्भेन कटेजमा लिस्यान्द्रो मार्टिनेजले गरेको एकमात्र गोल पर्याप्त बन्यो। उनले ७८औं मिनेटमा गोल गरेका थिए।
जितसँगै २३ खेलमा २९ अंक जोडेको युनाइटेड १२औं स्थानमा छ। पराजित फुलहम समान खेलबाट ३३ अंकका साथ १०औं स्थानमा छ।
लिगअन्तर्गत आइतबारै सम्पन्न अन्य खेलमा ब्रेन्टफोर्डले क्रिस्टल प्यालेसलाई २–१ ले पराजित गर्दा एस्टन भिल्ला र वेस्टह्याम युनाइटेड १–१ को बराबरीमा रोकिए।


