टप्स अन्तरविद्यालय बास्केटबल सोमबारदेखि


काठमाडौं । टिम अफ प्रोग्रेसिभ स्कुल (टप्स) को आयोजनामा आठौं टप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ।

प्रतियोगितामा सिनियर ब्वाइज र सिनियर गल्र्समा गरी २५ टिम सहभागी हुने छन्। सिनियर ब्वाइजमा १५ तथा सिनियर गल्र्समा १० टिमको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा टप्सका इसीए को–ओर्डिनेटर थिरबहादुर बस्नेतले जानकारी गराए।

प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख रुपैयाँ खर्च हुने टप्सका सचिव सुरज पोखरेलले बताए। सम्पूर्ण खर्च ल्यान्डमार्क एकेडेमीले व्यहोर्ने इसीए को–ओर्डिनेटर बस्नेतले जानकारी दिए।

प्रतियोगिताका खेलहरु तार्केश्वर नगरपालिका १ को साङलास्थित ल्यान्डमार्क एकेडेमीको कोर्टमा खेलाइने छ। पत्रकार सम्मेलनमा ल्यान्डमार्ककी प्रिन्सिपल सुष्मा श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको