डकेटको कीर्तिमानी शतकमा इङ्ग्ल्यान्डले दियो ३५२ रनको लक्ष्य

काठमाडौं । ओपनर बेन डकेटको कीर्तिमानी शतकको मद्दतमा अस्ट्रेलियालाई च्याम्पियन्स ट्रफीको पहिलो खेलमा ३५२ रनको लक्ष्य पाएको छ।

पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा टस हारेर ब्याटिङको निमन्त्रणा पाएको इङ्ग्ल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३५१ रनको विशाल योगफल तयार गर्यो।

इङ्ग्ल्यान्डका लागि ओपनर डकेटले रहँदै सर्वाधिक १६५ रन जोडे। उनले १४३ बलमा १७ चौका र ३ छक्का प्रहार गरे । डकेटले च्याम्पियन्स ट्रफीको इतिहासमा नै सर्वाधिक रन बनाए । उनले यसअघि २००४ को च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्डका नाथन एस्टलल बनाएको कीर्तिमान तोडेका हुन्। उनले अमेरिकाविरुद्धको खेलमा नट आउट १४५ रन जोडेका थिए।

यस्तै, जो रुटले ७८ बलमा ४ चौकाको सहयोगमा ६८ रनको अर्धशतकीय ईनिङ खेले। कप्तान जोस बटलर २३, जेमी स्मिथ १५ तथा लियम लिभिङ्स्टोन १४ रनमा आउट भए। जोफ्रा आर्चर रनमा नट आउट रहँदा बायडेन कार्सले रन जोडे।

अस्ट्रेलियाका लागि बेन ड्वारशुइसले ३, मार्नुस लाबुशेन र एडम जाम्पाले समान २ तथा ग्लेन म्याक्सवेलले १ विकेट लिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको