बंगलादेशले न्युजिल्यान्डलाई दियो २३७ रनको लक्ष्य

काठमाडौं । च्याम्पियन्स ट्रफीमा बंगलादेशले न्युजिल्यान्डलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ।

पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३६ रन बनाएपछि न्युजिल्यान्डले २३७ रनको विजयी लक्ष्य पाएकाे हो।

बंगलादेशका लागि कप्तान नजमुल हसन शान्तोले सर्वाधिक ७७ रन जोडे। उनले १ सय १० बलमा ९ चौका प्रहार गरे। जाकिर अलिले ५५ बलमा ४५ तथा रिशाद होसनैन २६ रनमा आउट भए। ओपनर तान्जिद हसन २४ तथा तस्किन अहमद १० रनमा आउट भए।

यता, बलिङतर्फ न्युजिल्यान्डका लागि माइकल ब्रेसवेलले ४, विल ओरोकले २ तथा कायल जेमिन्सन र म्याट हेनरीले समान १ विकेट लिए।

यसअघि न्युजिल्यान्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो। पहिलो खेलमा भारतसँग पराजित बंगलादेशलाई फाइनल सम्भावना कायम राख्न यो खेल जित्नै पर्ने हुन्छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको