दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल रद्द

काठमाडाैँ । अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ।

भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो।

खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन्।

जारी प्रतियाेगितामा पहिलाे खेलमा जित हासिल गरेकाे दुबै टाेलीकाे याे नतिजाले समूह बी मा दुई खेलबाट तीन अंक पुगेकाे छ। जसमा दक्षिण अफ्रिका शीर्ष स्थानमा रहँदा अस्ट्रेलिया दाेस्राे स्थानमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको