निस्ट कप बास्केटबल : एभरेष्टलाई सफला

काठमाडौं । एभरेष्ट स्कुलले तेश्रो निस्ट कपअन्तर्गत बास्केटबलको सिनियर ब्वाइजमा शुक्रबार जित हात पारेको छ।

एभरेष्टले बालवाटिकालाई २२–११ ले पराजित ग¥यो।सिनियर ब्वाइजमै तपोभूमिले जोन डेवीलाई २४–१८ तथा राजश्री गुरुकुलले काठमाडौं प्रज्ञाकुञ्जलाई ३२–१२ ले हराए ।सिनियर गल्र्समा मल्पी इन्टरनेसनलले तपोभूमिलाई ३७–२ ले पाखा लगायो।

जुनियर गल्र्समा चेल्सीले ओम ज्ञान मन्दिरलाई २०–१२ तथा आर्या एकेडेमीले एभरेष्टलाई २८–१८ ले पन्छाए।
लोकन्थलीस्थित भक्तपुर निस्ट स्कुलमा भइरहेको जुनियर ब्वाइज फुटबलमा नालान्दाले जेम्सलाई ५–०, निस्टले हाइली क्रिएटिभलाई ३–०, मल्पीले काठमाडौं वल्र्ड स्कुललाई २–० र गोल्डेन सुनगाभाले काठमाडौं प्रज्ञाकुन्जलाई २–० गोलअन्तरले पराजित गरे। आर्या र जनप्रेमी वल्र्ड स्कुलले १–१ गोलको बराबरी खेले।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको