निस्ट सेमिफाइनलमा

काठमाडाैँ । आयोजक भक्तपुर निस्ट स्कुल ‘ए’ तेश्रो निस्ट कपअन्तर्गत जुनियर गल्र्स बास्केटबलमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ।

लोकन्थलीस्थित घरेलु कोर्टमा निस्ट ‘ए’ ले माउन्ट भ्युलाई ३१–१८ ले पराजित ग¥यो। सोही स्पर्धामा ओम ज्ञान मन्दिरले निस्ट ‘बी’ लाई १३–८ तथा आर्या एकेडेमीले श्री सञ्जय साइ विद्या मन्दिरलाई १४–१० ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे।

सिनियर ब्वाइजमा निस्टले जनप्रेमी वल्र्ड स्कुललाई ४१–२२ तथा राजश्री गुरुकुलले एभरेष्टलाई ४१–२५ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरे।

जुनियर ब्वाइज फुटबलमा मल्पीले सञ्जय साइलाई ५–०, आर्या एकेडेमीले हाइली क्रिएटिभलाई टाइब्रेकरमा ३–१ र नेक्सस इन्टरनेसनल एकेडेमीले निस्टलाई १–० गोलले पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको