महिला टोलीको फिफा विश्व वरीयतामा सुधार

काठमाडौं। नेपाली राष्ट्रिय महिला टोलीको फिफा विश्व वरीयतामा सुधार भएको छ।

फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले चार स्थान सुधार गरेको हो। नेपाल यसअघि १०३औं स्थानमा थियो भने अहिले ९९ स्थानमा उक्लिएकाे छ।

नेपालले यसै महिना घरेलु मैदानमा इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेलेको थियो।

लिग चरणमा कीर्गिस्तान र लेबनानालाई समान १–० ले पराजित गरेको नेपालले अर्को खेलमा वरीयतामा ४८औं स्थानमा रहेको म्यानमारलाई २–२ गोलको बराबरीमा रोकेको थियो।

तर, फाइनलमा भने म्यानमारसँग नेपाल २–० ले पराजित हुँदै १३औं पल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा उपविजेतामा सिमित भयो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको