काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। बागमती प्रदेश र गण्डकी प्रदेशबीच सिद्धार्थनगर रंगशालामा खेल बिहान ९ बजेदेखि सुरु हुने छ।
जारी प्रतियोगितामा बागमतीले ४ खेलमा एक जित र ३ हार बेहोरेको छ भने गण्डकी प्रदेशले पनि एक जित र ३ हार बेहोरेको छ।
त्यस्तै आज अर्को खेल कर्णाली प्रदेश र कोशी प्रदेश भिड्दैछन्। एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि सुरु हुनेछ।