काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले लिगको अन्तिम खेलमा एपिएफलाई २५५ रनको लक्ष्य दिएको छ।
सिद्धार्थनगरस्थित, सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको कोशी प्रदेशले निर्धारित ५० ओभरमा अलआउट हुँदै २५४ रन बनाएको थियो।
कोशीका लागि ओपनर सकिब हकले सर्वाधिक ६८ रनको पारी खेले। उनले ६३ बलमा ११ चौका प्रहार गरेका हुन्। अर्का ओपनर चिराग शाहले २४ रन बनाए।
ऐस भट्टराईले ३४, सुजन थपलियाले ३३ कप्तान ३५ रन बनाउँदै क्याच भए। दिपेश कँडेलले १२ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाएनन्।
एपिएफका लागि अभिषेक गौतम र मौसम ढकालले समान ३–३ विकेट लिए। रोहित पौडेलले २ र इर्साद अहमद र अमर रौतेलाले १–१ विकेट लिए।