पुलिसले आर्मीलाई दियो १४९ रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा विभागीय डर्बीको खेलमा नेपाल पुलिसले त्रिभुवन आर्मीलाई १४९ रनको विजयी लक्ष्य दिएको छ।

भैरहवास्थित एक्स्ट्राटेक ओभलमा टस हारेर ब्याटिङ गरेको पुलिस ४१.४ ओभरमा अलआउट हुँदै १४८ रन बनाएको हो।

पुलिसका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ५० रनको अर्धशतीयक पारी खेले। उनले ३७ बलमा ३ चौका र २ छक्का प्रहार गरेका हुन्।

ओपनरद्वय कुशल भुर्तेल र अमित श्रेष्ठले दोहोरो अंक नबनाई पेभेलियन फर्किएका थिए।

अर्जुन साउदले १३, गुल्सन झाले १७ रन बनाउँदा सागर ढकाल १६ रनमा अविजित रहे।

अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। आर्मीका लागि साहब आलमले सर्वाधिक ४ विकेट लिए।

उनले १० ओभरमा ३ मेडनसहित ३१ रन खर्चिए।  नरेन साउदले ३ विकेट लिँदा कुशल मल्ल र भिम सार्कीले १–१ विकेट लिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको