काठमाडौं । सैनिक आवसीय महाविद्यालय र मोक्क्षदा स्कुललले जयकुमारनाथ शाह मेमोरियल यु-१६ टी-२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको क्वर्टरफाइनलमा स्थान पक्का गरेका छन्।
मुलपानी क्रिकेट मैदान (तल्लो) मा बुधबार सम्पन्न खेलमा सैनिकले क्रिएटिभ स्कुलविरुद्ध ५८ रनको जित दर्ता गरेको हो।
सैनिकले दिएको १२८ रनको लक्ष्य पछ्याएको क्रिएटिभ १८.३ ओभरमा ६९ रनमै समेटियो।
क्रिएटिभका लागि सौगात धामीले २०, शुलभ न्यौपानेले ११ र जयान्द्र विष्टले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
सैनिकका लागि सफल पौडेल र कप्तान रनदीप आचार्यले समान तीन तथा उत्सव नेपालले एक विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सैनिकले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२७ रनको योगफल तयार पारेको थियो।
सैनिकका लागि रनदीप आर्चायले ६४ बलमा ६ चौकाको मद्दतले सर्वाधिक ६५ रनको योगदान गरे। यसैगरी गौरव कार्कीले १७ र रिशु साहले १० रन बनाए।
क्रिएटिभका लागि विराट देवकोटा र शुलभ न्यौपानेले समान दुई विकेट लिए।
लगातार जितसँगै दुई खेलमा चार अंक जोडेको शैनिकले समूह ‘ए’ को विजेता बन्दै क्वर्टरफाइनलमा स्थान पक्का गर्यो। क्रिएटिभले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ। यसअघि सैनिकले नेक्सस इन्टरनेसनल स्कुललाई पराजित गरेको थियो।
यसैगरी बुधबारै सम्पन्न समूह ‘एफ’ अन्तर्गतको खेलमा अपीले लर्निङ रिलेम इन्टरनेसल स्कुलविरुद्ध ५७ तथा समूह ‘डी’ को खेलमा नेपाल पुलिस क्लबले भ्याली पब्लिकविरुद्ध ८५ रनको जित दर्ता गरे।