सन्दीप बृजको ब्राण्ड एम्बासेडरमा नियुक्त


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछाने बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीको ब्रान्ड एम्बासेडर नियुक्त भएका छन्।

सोमबार बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सी र लामिछानेबीच सम्झौतामा हस्ताक्षर भएको हो।

सन्दीप २ वर्षका लागि बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीको एम्बासेडर रहनेछन्। बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीले सम्झौता रकम भने खुलाएको छैन।

सम्झौता पछि बोल्दै सन्दीपले बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीसँग सम्झौताले आफुलाई धेरै हौसला प्रदान गर्ने बताएका छन्। साथै उनले खेल जीवनमा धेरै सहयोग पुग्ने बताए। ‘बृजसँग सम्झौता हुँदा धेरै खुसी छु। यस्तो खाले सहयोगले हामी खेलाडीलाई हौसला मिल्छ। साथै देशका लागि अझै धेरै सफलता दिलाउने हौसला मिल्नेछ’, लामिछानेले भने।

यस्तै, बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीका निर्देशक भुवन गिरीले सन्दीप जस्तो खेलाडी कन्सलटेन्सीसँग जोडिनु सकारात्मक भएको बताए। साथै उनले नेपाली क्रिकेट र शिक्षा जगतलाई एक ठाउँमा जोड्ने पाटो पनि रहेको बताए।`सन्दीपलाई ब्रान्ड एम्बेसडरको हुँदा कन्सलटेन्सीलाई ठूलो सहयोग पुग्ने छ। साथै यो सम्झौताले क्रिकेट र शिक्षालाई एक बनाउन पनि सहयोग पुगाउन्छ,´ गिरीले भने।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको