काठमाडाैं। युरोपेली च्याम्पियन्स लिगको लिग चरणअन्तर्गत बार्सिलोनाले गालातासारायलाई ४–१ गोलले पराजित गरेको छ।
बार्सिलोनाका लागि जोआओ क्यान्सेलोले ४३औँ मिनेटमा, फर्मिन लोपेजले ५०औँ मिनेटमा, एन्थोनी गोर्डनले ५३औँ मिनेटमा र करिम अदेयेमीले ६५औँ मिनेटमा गोल गरे। गालातासारायका एलेक्से बात्राकोभले २८औँ मिनेटमा गोल गरेका थिए।
जितसँगै बार्सिलोनाले लगातार दोस्रो जित निकाल्दै ६ अंक जाेडेर शीर्ष स्थानमा छ। गालातासाराय भने लगातार दोस्रो हारसँगै अङ्कविहीन छ।