काठमाडौँ । साफ यु–२० च्याम्पियनसिपको फाइनल खेल पनि अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेसमै हुने भएको छ।
यसअघि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको थियो। फाइनलमा नेपाल र बंगलादेश बुधबार भिड्दै छन्।
लगातारको वर्षा र दशरथ रंगशालाको भिजेको आउटफिल्डलाई मध्यनजर गर्दै फाइनल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सारिएको एन्फाले जनाएको छ।
‘म्याच कमिशनर र रेफ्रीको यो निर्णय गरेपछि खेल सारिएको हो,’ एन्फाले भनेको छ। फाइनल खेल भन दिउँसो २स्३० बजे सुरु हुने छ।


