काठमाडौँ । द चाँदबाग स्कुलले ३० औं ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार जित हात पारेको छ। चाँदबागको ब्वाइज र गल्र्स दुवै टोली जित निकाल्न सफल भए।
ब्वाइजमा चाँदबागले रेडियन्ट पब्लिकलाई ३२–३० को झीनोअन्तरले पराजित ग¥यो। चाँदबागका सुशन न्यौपानेले १४ अंक जोडे। गल्र्समा चाँदबागले पाठशाला, बानेश्वरलाई २६–८ ले सहजै हरायो । चाँदबागकी सौर्य बाराकोटीले १४ स्कोर गरिन्। गल्र्सको अर्को खेलमा एसएसएसभीएमले लिटिल एन्जल्सलाई २५–१५ ले पाखा लगायो। विजयी टिमका लागि नम्रताले २२ अंक बटुलिन्।
ब्वाइजमा ओएसिस्ले पाठशाला, बानेश्वरलाई ३९–२४, एलआरआईले मल्पीलाई ५२–३६ र जेम्सले आइडियल मोडेललाई ४८–७ ले पन्छाए। ओएसिस्का सफलले १९, एलआरआईका मन्दिप गुरागाईंले ३२ र जेम्सका नेल्सन श्रेष्ठले १५ अंक जोडे।


