आयोजक ज्ञानोदयको जित


काठमाडौं । आयोजक ज्ञानोदय बालवाटिकाले ३० औं ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बुधबार जित हात पारेको छ।

खोकनास्थित घरेलु कोर्टमा ज्ञानोदयले एलआरआईलाई ४९–४४ ले पराजित ग¥यो। ज्ञानोदयका दीपेश शाहीले २२ अंक जोडे।

ब्वाइजकै अन्य प्रतिस्पर्धामा पुष्पसदनले मल्पीलाई ५६–३६, भीएस निकेतनले रुपिजलाई १६–४ र ओएसिस्ले लिटिल एन्जल्सलाई ५१–३९ ले हराए । पुष्पसदनका मनीष गुरुङंले १९, भीएस निकेतनका समिरजंग राणाले ८ र ओएसिस्का जसन राना मगरले १९ स्कोर गरे।

गल्र्समा एनसीसीएसले एलआरआईलाई २८–९ तथा मल्पीले रुपिजलाई ११–२ ले पाखा लगाए। एनसीसीएसकी प्रतिष्ठा शाहले १२ तथा मल्पीकी अरेथा श्रेष्ठले ६ अंक बटुले।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको