एथ्लेटिक बिलबाओ विजयी


काठमाडौं । स्पेनिस ला लिगामा एथ्लेटिक बिलबाओ विजयी भएको छ।

गएराति सम्पन्न खेलमा बिलबाओले भ्यालेन्सियालाई १–० गोल अन्तरले पराजित गरेको हो। बिलबाओको जीतमा पहिलो हाफको ४५ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो। उसका लागि बेनाट प्राडोस डियाजले ओस्कार मार्कोसको पासमा हेडर गोल गरेका थिए।

सोही गोलको अग्रता पुरै समय कायम राख्दै एथ्लेटिकले पहिलो जीत निकालेको हो। भ्यालेन्सियाको भने यो लगातार तेस्रो हार हो।

ला लिगाकै अर्को खेलमा अलाभेसले रियल सोसिडाडलाई पराजित गरेको छ। अलाभेसले सोसिडाडमाथि २–१ गोल अन्तरको जीत दर्ता गरेको हो।

यसैगरी भालाडोलिड र लेगानेस तथा एथ्लेटिको मड्रिड र एस्पानोलले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको