केन र मुलरको गोलमा बायर्नको जित


काठमाडौं । ह्यारी केन र थोमस मुलरले गोल गरेपछि बायर्न म्युनिखले बुन्डेसलिगामा फ्रेइबर्गलाई २–० ले पराजित गरेको छ ।

जितसँगै दुई खेलबाट ६ अंक जोडेको बायर्न अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। फ्रेइबर्ग भने तीन अंकका साथ १०औं स्थानमा छ।

फ्रेइबर्गका डिफेन्डर म्याक्स रोसेनफेल्डरले पाखुराले केनलाई प्रहार गरेपनि बायर्नले पेनाल्टी पाएको थियो। उक्त पेनाल्टीलाई ३८औं मिनेटमा केनले सदुपयोग गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाए।

५९औं मिनेटमा माइकल ओलिसेको स्थानमा मुलर मैदान प्रवेश गरेका थिए। त्यसको १९ मिनेटपछि नै सर्ज ग्नाब्रीको क्रसलाई नियन्त्रणमा लिँदै मुलर गोल गर्न सफल भए। यो गोल मुलरको बुन्डेसलिगा क्यारियरमा १५०औं गोल थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको