काठमाडौं। नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित इन्डोर क्रिकेट प्रतियोगिता इन्डोर सुपर लिग (आईएसएल) को दोस्रो संस्करणका लागि कान्तिपुर म्याक्स एचडी आधिकारिक ब्रोडकास्टिङ पार्टनर बनेको छ। प्रतियोगिता आगामी भदौ २२ देखि २८ गतेसम्म आयोजना हुनेछ।
आयोजक काठमाडौं स्पोर्ट्स इभेन्ट्स प्रालि र कान्तिपुर मिडिया ग्रुपबीच सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएकाे हाे। सम्झौतासँगै प्रतियोगिताका सबै खेल कान्तिपुर म्यक्स एचडीबाट प्रत्यक्ष प्रसारण हुने भएकाे छन्। दाेस्राे संस्करणलाई पहिलोभन्दा अझ भव्य, व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्यसहित दुवै पक्षबीच सहकार्य भएको आयोजकले जनाएको छ।
सम्झौतापत्रमा काठमाडौं स्पोर्ट्स इभेन्ट्स प्रालिका प्रबन्ध निर्देशक ज्योति भण्डारी र कान्तिपुर मिडिया ग्रुपका बिजनेस हेड सागर केसीले हस्ताक्षर गरेका हुन्। साे कायक्रममा आईएसएल प्राविधिक निर्देशक रबिन्द्र गुप्ता र कान्तिपुर मिडिया ग्रुपका बजार ब्यवस्थापक अनुपम अधिकारीकाे पनि उपस्थिति रहेकाे थियाे।
सम्झौतापछि प्रबन्ध निर्देशक भण्डारीले इन्डोर सुपर लिगलाई नेपालभित्र मात्र सीमित नराखी अन्तर्राष्ट्रिय पहिचान दिलाउने लक्ष्य रहेको बताए। “इन्डोर सुपर लिगलाई नेपालभित्र मात्र सीमित नराखी अन्तर्राष्ट्रिय पहिचान दिलाउने हाम्रो लक्ष्य हो। यसपटकको संस्करण खेल, मनोरञ्जन र व्यवस्थापनका हिसाबले अघिल्लो संस्करणभन्दा अझ उत्कृष्ट हुनेछ भन्ने हाम्रो विश्वास छ,” उनले भने।
यस संस्करणमा १० वटा फ्रेन्चाइज टोली सहभागी हुनेछन्। प्रतियोगितालाई थप आकर्षक बनाउन अमेरिकाकी अन्तर्राष्ट्रिय होस्ट, गायिका तथा गीतकार शाइस फ्लोयड नेपाल आउनेसमेत आयोजकले जनाएको छ। सन् २०२४ मा अमेरिकाको डलासमा आयोजित आईसीसी टी–२० विश्वकपका क्रममा नेपाली समर्थकमाझ चर्चित बनेकी फ्लोयडले यसपटक आईएसएलको दोस्रो संस्करण सञ्चालन गर्नेछिन्।
आयोजकले यसअघि नै काठमाडौंको अनमोल ब्याङ्क्वेट, शंखमूलमा खेलाडी अक्सन सम्पन्न गरिसकेको छ। भने राष्ट्रिय महिला भलिबल टाेलीकी स्पाइकर उषा भण्डारीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेकाे थियाे। प्रतियोगिता यसअघि भदौ १७ गतेदेखि गर्ने तयारी भए पनि प्राविधिक कारणले एक सातापछि सारिएको आयोजकले जनाएको छ।
आईएसएल दोस्रो संस्करणका टोलीहरू
काठमाडौं कैलाश किंग्स:
सुमित महर्जन (मार्की), गौतम केसी, बिपिन शाही, सूर्य तामाङ, रामसेवक यादव, मुकेश ओझा, अविराज रोय, शौरभ साखाकर्मी, रोनिम तिवारी र भूलन साहनी।
सुदूरपश्चिम टाइगर्स:
रुपेशकुमार श्रीवास्तव (मार्की), शंकर राना, अभिषेक थापा, चन्द्रकान्त पौडेल, अमर रावल, सक्षम बस्ताकोटी, समीर कँडेल, आर्यन बिष्ट, अनुप श्रेष्ठ र नितेश कुमार।
पोखरा वारियर्स:
अमित श्रेष्ठ (मार्की), राजेन्द्र बम, दीपेश श्रेष्ठ, आश्रय बस्नेत, मिलन क्षेत्री, हरिओम जोशी, अशोक पौडेल, मोहम्मद हुसेन, केशव साउद र महेश खत्री।
माया हेटौंडा रोयल्स:
ऋत गौतम (मार्की), सोनु देवकोटा, दीपक बोहरा, रोहित शर्मा, प्रसिद्ध जैशी, सक्रियप्रताप कार्की, कृष कार्की, श्रवण यादव, विमल बीके र स्वरूप श्रेष्ठ।
मिक्समाण्डु:
उत्तमरङ्गु थापा (मार्की), संगीत पन्त, रिङ्जिन लामा, विधान श्रेष्ठ, मिसन कार्की, निश्चल श्रेष्ठ, मनोज यादव, सन्दीप पराजुली, आशिम केसी र रबिन जोशी।
बुटवल एम्पायर:
भुवन काक्री (मार्की), प्रणित थापा मगर, दिनेश अधिकारी, पवन कार्की, सचिन लेखक, दीपक जोशी, लक्ष्मण कार्की, तपेन्द्र बिष्ट, सुमन विश्वकर्मा र लक्की कडायत।
ललितपुर अलस्टार्स:
विवेककुमार राना मगर (मार्की), आशुतोष घिरैया, प्रतीक श्रेष्ठ, तिलकराज भण्डारी, मनीष थापा, कुशल खड्का, विश्व कार्की, विधान खटिवडा, अविनाश बस्याल र सारस खत्री।
लुम्बिनी योर्कर्स:
रविकुमार साह (मार्की), दयानन्द मण्डल, नवीनकुमार यादव, तुलबहादुर थापा, आशिम श्रेष्ठ, अपराजित पौडेल, दीपक बोहरा, खगेन्द्रसिंह महरा, रोहनकुमार साह र रोशन झा।
जनकपुर किंग्स:
आइश भट्टराई (मार्की), सुनील दौल्याल, सुमित श्रेष्ठ, दीपक चन्द, प्रसिद्ध श्रेष्ठ, नितेश पटेल, नितेशकुमार मोक्तान, हिक्मत खत्री, निखिल खत्री र रोमन बिष्ट।
विराटनगर ब्याटालियन:
रुपेशकुमार सिंह (मार्की), खड्का बोहरा, चन्द्र बीसी, हिमाल चन्द, बिपिन आचार्य, सन्देश कार्की, अनिश धामी, सरोज खत्री, ट्राभिस जोशी र विवेक यादव।