काठमाडौं । लामाचौर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ। शनिबार सम्पन्न निकै रोमाञ्चक फाइनल खेलमा एपिएफलाई ३–२ को सेटमा हराउँदै पुलिसले उपाधि चुमेको हो।
नव आदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौर कप राष्ट्रिय भलिबल च्याम्पियनसिपको आयोजना गरेको थियो । शुक्रबार फाइनल खेल खराब प्रकाश ९लाइट प्रोटेस्ट० का कारण १–१ सेटको बराबरीमा रोकिएपछि शनिबार खेलाइएको थियो।
गत वर्षको उपविजेता समेत रहेको पुलिसले पहिलो सेट २५–१६ को सहज जित निकालेपनि दोस्रो सेटमा २१–२५ को हार व्यहोरेको थियो। तेस्रो सेटमा पुनः खेलमा फर्कदै पुलिसले २५–१९ को जित हासिल ग¥यो। तर, चौथो सेटमा एपिएफ खेलमा फर्कदैँ २५–२२ को जित निकालेपछि खेल २–२ सेटको बराबरीमा पुगेको थियो। अन्तिम सेट समेत निकै रोमाञ्चक बन्यो। दुवै टिमले निकै संघर्ष गरेपनि अन्ततः नतिजा भने पुलिसको पक्षमा रह्यो। पुलिसले अन्तिम सेटमा १६–१४ को जित निकाल्दै उपाधि चुमेको हो। उपाधिसँगै पुलिसले नगद एक लाख ५० हजार रुपैयाँ हात पारेको छ। उपविजेता एफिएफले एक लाख एक सय ११ रुपैयाँ हात पारेको छ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबका सञ्जुविक्रम शाह घोषित भए। उत्कृष्ट सेटर पुलिसका बलराम गुरुङ घोषित भए। उत्कृष्ट डिफेन्डर पुलिसका भिम गाहा घोषित भए। उत्कृष्ट ब्लकरको उपाधि पुलिसका सफल विकले हात पारे। उत्कृष्ट सर्भर एपिएफका हेमन्त मल्ल घोषित भए। उत्कृष्ट स्पाइकर एपिएफका विजय थापा घोषित भए। उत्कृष्ट प्रशिक्षक पुलिसका चन्द्र कुवँर घोषित भए। विधागत उत्कृष्ट हुने सबैले समान पाँच–पाँच हजार रुपैयाँसहित ट्रफी र मेडल हात पारे।
भदौ १९ गतेदेखी चलेको प्रतियोगिताको महिलातर्फको उपाधि भने एपिएफले उचालेको थियो। शुक्रबार सम्पन्न फाइनल खेलमा न्यु डायमण्डलाई ३–१ को सेटमा हराउँदै उपाधि चुुमेको हो। पहिलो सेट २५–२३ ले हराएको एपिएफले दोस्रो सेटमा पनि २५–२३ कै जित हासिल ग¥यो तर, तेस्रो सेटमा १३–२५ को हार व्यहोरेको एपिएफले चौथो सेटमा २५–१० ले हराउँदै उपाधि चुमेको हो। प्रतियोगिताको महिला–पुरुष दुवै तर्फ चार–चार टिमको सहभागिता रहेको थियो।


