काठमाडौं नाइट्स र फुटसलमा गोल डिगर्स च्याम्पियन


काठमाडौं । अग्रवाल युवा मञ्चद्वारा आयोजित खेल महोत्सवको क्रिकेटमा काठमाडौं नाइट्स तथा फुटसलमा गोल डिगर्स शनिबार च्याम्पियन बनेका छन्।

धन्यन्तरी स्पोर्ट्स हबमा भएको क्रिकेटमा स्र्पाटन्स दोश्रो भयो । स्र्पाटन्सबाट ११ विकेट लिनुका साथै १ सय ७१ रन बनाएका अमन जैन ‘प्लेयर अफ दि टुर्नामेन्ट’ का साथै उत्कृष्ट बलर तथा राइडर्सका १ सय ५८ रन जोडेका आशुतोष घिरैया उत्कृष्ट व्याट्सम्यान घोषित भए।

फुटसलमा बुल्स एफसी दोश्रो भयो। अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भीमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक स्कोरकर्ता बने।
पौडीको यु–१५ ब्वाइजमा कौतिक शर्मा र गल्र्समा आहाना गोयल तथा यु–१० ब्वाइजमा लक्ष्य शर्मा र गल्र्समा खायान्ना गडियाले स्वर्ण जिते।

ब्याडमिन्टनको महिला सिंगल्समा शिभाङ्गी, पुरुष सिंगल्समा राजीव पोधार तथा पुरुष डबल्समा विवेक अग्रवाल र रोहित अग्रवालको जोडी पहिलो भए। टेबलटेनिसको यु–१५ ब्वाइज सिंगल्समा वैभव जैन, १५ वर्षमाथि ब्वाइज सिंगल्समा पुल्कित भीमसरिया तथा महिला सिंगल्समा विनिता जाजोडिया सराफले शीर्ष स्थान हात पारे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको