एरिकाको खेल विकासमा तीन लाख सहयोग

काठमाडौं, कात्तिक १८ । नेपाली कराते खेलाडी एरिका गुरुङले खेल विकास र अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि करिब तीन लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त गरेकी छन्।

अस्ट्रेलियाको सिड्नीस्थित यात्रा रन क्लबले एरिकाको खेल विकासमा सहयोग पु¥याउने उद्देश्यले सञ्चालन गरेको आर्थिक संकलन अभियानबाट उक्त रकम जुटाएको हो।

राष्ट्रिय खेलकुद परिषद् ९राखेप० की कार्यकारी बोर्ड सदस्य सिक्का सुवाल श्रेष्ठको पहलमा एरिकालाई उक्त रकम प्रदान गरिएको नेपाली राष्ट्रिय कराते टोलीका प्रशिक्षक कुशल श्रेष्ठले जानकारी दिए। नेपाल खेलकुद पत्रकार मञ्च ९एनएसजेएफ० मा बुधबार एक कार्यक्रमका बीच राखेपका कार्यकारी सदस्य सुवालले एरिकालाई चेक हस्तान्तरण गरिन्। गत सेप्टेम्बर २० मा सिड्नीमा विशेष रन आयोजना गर्दै क्लबले सहयोग अभियान सञ्चालन गरेको थियो।

अभियानमार्फत संकलित करिब तीन लाख रुपैयाँ एरिकाको खातामा सीधै जम्मा गरिएको आयोजकले जनाएको छ। चेक हस्तान्तरण कार्यक्रममा एरिकाले यो सहयोगले आफ्नो आगामी यात्राका लागि ठूलो प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरिन्। उनी १९औं एसियाली खेलकुदमा रजत पदक विजेता हुन्। तर पछिल्लो संस्करण २०औं एसियाली खेलकुदमा उनी पदकविहीन रहिन्। खराब दिन बिर्सेर आगामी प्रतियोगितामा सुखद नतिजा ल्याउने एरिकाले विश्वास गरेकी छन्। नेपाल कराते महासंघका महासचिव दावा गुरुङले आगामी प्रतियोगितामा नेपाली खेलाडीले इतिहास बनाउने लक्ष्यसहित तयारी गरिने बताएका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको