पलिस्थाले युथ वल्र्ड च्याम्पियनसिप खेल्ने


काठमाडौं । नेपाली मुवाँथाई खेलाडी पलिस्था कक्षपतिले आईएफएमए युथ वल्र्ड च्याम्पियनसिप खेल्ने भएकी छिन्।

प्रतियोगिता सेप्टेम्बर ११ देखि २० तारिखसम्म थाइल्यान्डको बैंककमा हुनेछ। पलिस्थाले महिला ४५ केजीमुनि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छिन्।

पलिस्थाले सन् २०१९ मा थाइल्यान्डमै भएको विश्व मुवाँथाई च्याम्पियनसिपको एमेच्योरतर्फ महिला ३५ केजीमुनि स्वर्ण जितेकी थिइन्। पलिस्थाले विभिन्न समयमा भएको इन्डो–नेपाल मुवाँथाई च्याम्पियनसिपमा ३ स्वर्ण जितेकी थिइन्।

पलिस्थासहित प्रतियोगितामा ३ सदस्यीय टोली सहभागी हुनेछ। पलेशा र प्रशिक्षक गणेशलाल कक्षपति सोमबार थाइल्यान्ड प्रस्थान गर्दै छन्। उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत प्रचार प्रसार शाखाका प्रमुख खुशराज दाहालले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे। व्यवस्थापक निलम अधिकारी थाइल्यान्ड पुगिसकेका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको