विश्वकप लिग–२ : नेपालले पहिलो खेल क्यानाडासँग


काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत दोस्रो त्रिकोणात्मक सिरीको पहिलो खेलमा नेपालले घरेलु टोली क्यानाडासँग खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ क्यानका अनुसार त्रिकोणात्मक सिरीजमा नेपाल, क्यानाडा र ओमान छन्। क्यानले सोमबार सार्वजनिक गरेको तालिका अनुसार यो खेल सेप्टेम्बर १६ मा हुनेछ।

यसैगरी नेपालले सेप्टेम्बर १८ मा ओमान, २२ मा क्यानाडा र २४ मा ओमानको समाना गर्नेछ।

यसअघि नेपालले पहिलो शृंखला कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलेको थियो थियो। यस सिरीजमा नामिबियासँग दुवै खेल हारेको नेपालले नेदरल्यान्ड्ससँग समान एक जित र हारको नतिजा निकालेको थियो।

लिग–२ को अंकतालिकामा ८ खेलबाट ६ जितसहित १२ अंक जोडेको नेदरल्यान्ड्स शीर्ष स्थानमा रहेको छ। सात खेलबाट ९ अंक जोडेको स्कटल्यान्ड दोस्रो तथा आठ खेलबाट आठसहित क्यानडा तेस्रो स्थानमा रहेको छ।

खेल तालिका


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको