काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले श्रीलंकालाई एसियन कप २०२७ छनोटको तेस्रो चरण पुर्याएका छन्।
नोमपेनमा मंगलबार भएको खेलमा घरेलु टोली कम्बोडियालाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै तेस्रो चरण स्थान पुगेको हो।
त्यसअघि श्रीलंकाले निर्धारित ९० मिनेटको खेल १–१ को बराबरी खेलेको थियो। थप गरिएको ३० मिनेटमा दुवै टोलीबाट समान एक गोल भएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटबाट गरिएको हो।
५ सेप्टेम्बरमा कोलम्बोमा भएको खेलमा कम्बोडिया गोलरहित बराबरीमा रोकिएको थियो।


