एम्बाप्पे र भिनिसियसको गोलमा रियालको तेस्रो जित


काठमाडौं । स्टार खेलाडी केलियन एम्बाप्पे र भिनिसियस जुनियरको गोलमा साविक विजेता रियाल मड्रिडले विजयी हासिल गरेको छ।

ला लिगामा शनिबार राति भएको खेलमा मड्रिडले रियाल सोसिडाडलाई २–० ले पराजित गरेको हो।

सोसिडाडको घरेलु मैदानमा मड्रिडले दुबै गोल दोस्रो हाफमा गरेको थियो।

यो जितसँगै मड्रिड पाँच खेलबाट ११ अंक जोडेर दोस्रो स्थानमा छ। ४ खेलमा चारै खेल जितेको बार्सिलोना १२ अंकसहित शीर्षस्थानमा छ। पराजित सोसिडाड पाँच खेलबाट ४ अंकसहित १६औं स्थानमा छ।

खेलको ५८औं मिनेटमा मड्रिडका लागि भिनिसियसले पेनाल्टीमा गोल गरे। ७५औं मिनेटमा अर्को पेनाल्टीलाई एम्बाप्पेले सदुपयोग गरेपछि खेलमा मड्रिड विजयी भयो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको