महिला लिग : कर्णालीको पोस्टमा एपिएफको आधा दर्जन गोल


काठमाडौं । विभागीय टोली एपिएफ क्लबले एन्फा महिला लिगमा कर्णाली प्रदेश महिला फुटबल संघमाथि फराकिलो जित हासिल गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स आइतबार सम्पन्न भएको खेलमा एपिएफलले कर्णालीमाथि ६-० को जित हासिल गरेको हो।

एपीएफकाे जितमा रश्मी कुमारी घिसिङले दुई गोल गर्दा निशा थोकर, गिता राणा मगर र हेमा रावतले समान एक गोल गरे। कर्णालीकी वर्षा ओलीले आत्मघाती गोल गर्दा एपिएफको गोल सङ्ख्या आधा दर्जन पुग्यो।

पहिलो हाफमा ३-० को अग्रता बनाएको एपिएफले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो।।

जितसँगै एपिएफले अपराजित यात्रा कायमै राखेको छ। पाँच खेलबाट १३ अंक जोडेको एपिएफ अंकतालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ भने कर्णालीको यो लगातार चौंथो हार हो। कर्णालीले पाँच खेलबाट मात्र एक अंक जोडेको छ र उ तालिकाको नवौं स्थानमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको