एभरेस्ट महिला भलिबल लिगकाे ट्रफी सार्वजनिक


काठमाडाैं । एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) काे ट्रफी सार्वजनिक भएकाे छ।

आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत ट्रफी सार्वजनिक गरेको हो।

प्रतियोगिता असोज १४ देखि १९ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ।

नेपाली भलिबल इतिहामै पहिलो पटक हुन लागेको प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन्।

प्रतियोगितामा गण्डकी थन्डर्स, चितवन शक्ति, मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, ललितपुर क्विन्स र कर्णाली यश्भिसले सहभागिता जनाउने छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको