नेपाल ‘ए’ च्याम्पियन


काठमाडौं । नेपाल ‘ए’ र बंगलादेशले दक्षिण एसियाली युथ फुटसल प्रतियोगिताको उपाधि जितेका छन्। आइतबार नेपाल ब्वाइज यु–१९ तथा बंगलादेश गल्र्स यु–१७ मा च्याम्पियन बने।

नेपाल विद्यालय खेलकुद महासंघ र प्रिमियर इन्टरनेसनल आईबी कन्टिनम स्कुलद्वारा संयुक्त आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा नेपाल ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई ५–३ गोलले पराजित ग¥यो। नेपाल ‘ए’ का सारंश पुरी सर्वाधिक गोलकर्ता, नेपाल ‘ए’ कै सुगत श्रेष्ठ उत्कृष्ट गोलरक्षक र नेपाल ‘बी’ का विल्सन उत्कृष्ट खेलाडी घोषित भए।

सातदोबाटोस्थित प्रिमियरमै भएको गल्र्सको उपाधि भिडन्तमा बंगलादेशले नेपाललाई ३–२ गोलले हरायो। बंगलादेशकी किटिङ त्रिपुरा सर्वाधिक गोलकर्ता, बंगलादेशकै माहलाथुइ मार्मा उत्कृष्ट गोलरक्षक र नेपालकी सराह वज्राचार्य उत्कृष्ट खेलाडी चुनिए।

विजेतालाई पूर्व सांसद् विनोद श्रेष्ठ, अखिल नेपाल फुटबल संघका महासचिव किरण राई, आयोजक महासंघका महासचिव एवं अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघका कार्यकारी सदस्य राजकुमार कार्कीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। बंगलादेश विद्यालय खेलकुद महासंघ र दक्षिण एसियाली विद्यालय खेलकुद महासंघको सहयोगमा भएको दुईदिने प्रतियोगिताको ब्वाइजमा ४ तथा गल्र्समा ३ टिम सहभागी थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको