
काठमाडौं । साविक विजेता निसर्ग वाटिकाले २०औं एलए अन्तरविद्यालय पौडी प्रतियोगिताको उपाधि आइतबार जितेको छ। सर्वाधिक १४४ अंक बटुल्दै निसर्गले उपाधि रक्षा ग¥यो।
हात्तीवनस्थित आयोजक लिटिल एन्जल्स ९एलए० स्कुलको पौडी पोखरीमा भएको प्रतियोगितामा १ सय ११ अंकसाथ जेम्स दोश्रो भयो। तेश्रो स्थानको लिङ्कनले ८२ अंक बटुल्यो।
विजेतालाई ललितपुर उपमहानगरपालिकाकी उप मेयर मन्जली शाक्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। दुईदिने प्रतियोगितामा ७८ विद्यालयका ३ सय ८९ खेलाडीको सहभागिता रहेको एलएका प्रिन्सिपल मुकुन्दराज शर्माले जनाएका छन्। प्रतियोगितामा ५० स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो।